बाँके\नेपाली कांग्रेस बाँकेको जिल्ला अधिबेशनमा सचिव पदका एक उम्मेदवार हुन् टंक प्रसाद काफ्ले (आशिष । काफ्ले बाँके अधिबेशनमा संस्थापन इतरबाट नारायण प्रसाद गौडेल प्यानलबाट सचिव पदका उम्मेदवार हुन् ।
बि।सं २०५७ सालदेखि स्कुले जीवनबाट नेविसंघको राजनीतिमा उदाएका युवा नेता टंक प्रसाद काफ्ले (आशिष ) ११औं महाधिवेशनमा कांग्रेसको साविक नौवस्ता गाविस सचिव बनेका थिए । उनी २०६५ मा नेपाल बिद्यार्थी संघका तर्फबाट बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियु सचिवमा निर्वाचित भएका थिए । आशिष माओवादी द्वन्दपीडित हुन् ।
यस्तै नेपाल बिद्यार्थी संघको साविक क्षेत्र नम्बर ४ को सभापति भएर समेत काफ्लेले काम गरिसकेका छन् । बैजनाथ ४ बनियाभारका काफ्ले २०६६ मा प्रकाश सिग्देल नेविसंघ अध्यक्ष हुँदा जिल्ला सदस्य भएका थिए ।
युवामाझ लोकप्रिय उनी सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय छन् । उनी रेडक्रस बैजनाथको संस्थापक सदस्य हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको सदस्य रहेका काफ्ले विपी मेमोरियल मावि बैजनाथ ४ को तीन कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष भए । उनी नौवस्ता खानेपानीका उपाध्यक्ष पनि हुन् ।
यस्तो छ काफ्लेको राजनीतिक यात्रा-