२१ बैशाख २०८३, सोमबार

नेकपा एस बैजनाथ पालिका अध्यक्ष लगाएत ७० जना घर फर्के एमालेमा
  • न्युज मानसराेवर

बैजनाथ / बैजनाथ गाउँपालिमा नेकपा समाजवादी पार्टी (एस) पालिका कमिटी अध्यक्ष  तथा लुम्बिनी प्रदेश सदस्य काली  बहादुर सिहले एमालेमा प्रवेश गरेका छन ।उनी स्थानीय सरकार बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष जनप्रतिनिधि समेत हुन ।

नेकपा समाजवादी दलमा प्रवेश भएका उनी पूर्ण रूपमा आफ्नो घर फर्केका हुन नेकपा एमाले पालिका कमिटी अध्यक्ष ईन्द थापाले जानकारी गराएका छन ।कालि बहादुर सिह सहित ७० जना समाजवादी दल त्याग गरि पूर्णरूपमा एमालेमा समाहित भएका छन ।

उनीहरूलाई  प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य शान्ति ढकालले पार्टीमा स्वागत गरेकी छन ।पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी ,जिल्ला कमिटी पालिका कमिटी, वडा कमिटी लगाएत एमाले नेता तथा अगुवा कार्यकर्ताहरूकाे बाग्लाे उपस्थित रहेकाे छ ।

विचारमा फरक छैन सिद्धान्तमा भिन्नता छैन हामी समृद्ध नेपाल खुसी नेपालीकाे अभिभारा बाेकेका छाैं भन्छाै भने किन फरक पार्टीको आवश्यक पर्याे नेता काली बहादुर सिहले बताए । उनले स्थानीय सरकार बैजनाथ गाउँपालिकामा समृद्ध बैजनाथ खुसि बैजनाथवासी निर्माणमा केन्द्रीकृत सरकारका कार्य सम्पादन उल्लेख रहेकाे बताउदै अब हुने निर्वाचनमा समेत बैजनाथ गाउँपालिकामा एमालेकाे लाल किल्ला हुने दावि समेत गरेका छन ।

पछिल्ला समय बैजनाथ गाउँपालिका स्तरमा नेकपा एमालेले घर फर्क अभियान विशेषगरी नेकपा समाजवादी दलमा लागेका आफ्ना नेता कार्यकर्ता पूर्ण एमालेमा फर्काउन अभियानका रूपमा कार्यक्रम संचालन गरिएकाे एमाले पालिका सचिव प्रेम  सुवेदीले जानकारी गराएका छन ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech