बैजनाथ / बैजनाथ गाउँपालिका वडा न २ मा २७ घर नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश भएका छन ।
बैजनाथ २ कुसेडाडाका जित बहादुर राना लगाएत २७ घर परिवाले माओवादी केन्द्र त्यागेका हुन ।
उनीहरूलाई नेकपा एमाले पालिका सचिवालय सदस्य मान बहादुर रूचालले पार्टीमा स्वागत गरेका छन ।
नेता रूचालले जनताको बहुदलीय जनवाद नै समृद्धिकाे आधार भएकाे बताए । उनले समृद्ध बैजनाथ खुसी जनता बनाउन नै आफ्नाे कार्यकालमा महत्त्वपूर्ण रहेकाे दावि गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नन्द विस्वकर्माले एमाले देशकाे सिपाही रहेकाे बताएका छन । उनले गठबन्धन सरकारकाे आलोचना समेत गरे ।
यसैगरी बैजनाथ २ का वडा अध्यक्ष शेर बहादुर बस्नेतले पार्टीमा सबैका लागि सम्मान स्थान सुनिश्चित हुने बताए ।
बस्नेतले एमालेले मात्र देशकाे विकास र समृद्धिमा रूपान्तरण गर्ने सक्ने पार्टी रहेकाे दावि समेत गरेका छन ।
कार्यक्रममा आरति विककाे अध्यक्षतामा १५ सदस्यीय टाेल समित समेत चयन गरिएको छ । पछिल्लो समय बैजनाथमा एमालेले विशेष अभियान संचालन गरिएको छ ।