बाँके/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी स्थानीय निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका छन ।
कर्णाली प्रदेशको पार्टी प्रशिक्षण सकेर काठमाण्डौ जाने क्रममा बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन ।
उनले माओवादी आफ्नै खुट्टामा उभिन सक्षम रहेकाले गठबन्धन वा सहकार्य आवश्यक नभएको बताए । उनले युद्धकालमा जस्तै कमाण्ड र योजना बनाएर गाउँ गाँउमा जनतालाई प्रशिक्षित गर्न समेत निर्देशन दिए ।
गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधीत्व माओवादी योगदान भएकाले यसको महत्व जनतालाई बुझाउन आग्रह गर्दै प्रचण्डले लोडसेडिङको अत्यन्त लगायत माओवादीका सकारात्मक कामको पनि प्रचार गर्न नेता कार्यकर्तालाई सुझाव दिए । प्रचण्डले स्थानीय तहको निर्वाचन का लागि तयारी गर्न समेत कार्यकर्ताहरूलाई केन्दित रहन भने ।