८ बैशाख २०८२, सोमबार

बैजनाथमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका स्तरीय  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन गरिएको छ ।

बैजनाथ गाउँपालिमा आज व्यवसायहरुको बृह्त भेलाले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन गरेको हो ।

व्यवसायहरुको भेलाले भागवत कडेलको अध्यक्षतामा २५ सदस्य कार्य समिति चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय सदस्य भास्कर काफ्लेले व्यवसायहरुको हिक र हितमा व्यवसायहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले काम गर्ने विस्वास लिएको बताए ।

उनले समृद्ध बैजनाथ निमार्णका लागि उद्योगि ,व्यवसायहरुलाई र लगानी मैत्री नीति स्थानीय सरकारले बनाउनु पर्ने मा जोड दिएका थिए ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech