कोहलपुर\ कोहलपुर नगरपालिकामा एड्भान्स लेडिज सिलाई कटाई तथा गामेन्ट उद्योग संचालन तालिम शुरु गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो ।आज एक कार्यक्रमका विच तालिमको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपािलका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले आर्थिक सवलकिरण र गरिबी न्यूनिकरणमा तालिमले महत्वपूर्ण सहयोग मिल्ने नगरपालिकाको आशा रहेको बताए ।उनले तालिम बाट प्राप्त ज्ञान लाई जीवन रुपान्तरणका निम्ति सदुप्रयोग गर्न सहभागिलाई आग्रह समेत गरेका थिए ।
दोन्द्ध पिडित सुरक्षाकर्मी परिवार संघ जिल्ला अध्यक्ष हरी बहादुर सुनारको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।
तालिममा दोन्द्घ पिडित सुरक्षाकर्मी परिवारका २५ जना महिलाहरु सहभागिता रहेको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिका अधिकृत विर बहादुर नेपालीे लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।