११ असार २०८२, बुधबार

बैजनाथमा लोकतान्त्रीक जनजाति महासंघ नेपाल  विस्तार
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिका स्तरीय नेकपा एमाले निकट लोकतान्त्रीक जनजाति महासंघ नेपाल  विस्तार गरिएको छ।

पालिका स्तरीय जनजाति अगुवाहरुको भेलाले प्रकाश थापा लाई अध्यक्षमा चयन गरेको छ ।

थापाको अध्यक्षतामा १५ सदस्य पालिका स्तरीय कार्य समिति विस्तार गरिएको नेकपा एमाले बैजनाथ गाउँपालिका सचिव प्रेम सुवेदीले जानकारी गराएका छन ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष निरक गुरुङले स्थानीय तहको निर्वाचमा होमिन आग्रह गरे ।
उनले जनजातिहरुको हितमा पालिका स्तरीय महासंघले काम गर्ने विस्वास व्यक्त गरेका थिए ।

यसै गरी भेलामा नेकपा एमाले उपाध्यक्ष डिल्ली विसी पालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech