१२ असार २०८२, बिहीबार

राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तप्त पौडेलको सशक्त दाबी
  • न्युज मानसराेवर

बाँके\बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो आमरुपमा छ । बाँकेका ८ स्थानीय तह मध्ये यसअघि कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको राप्तीसोनारी गाउँपालिकामा यसपटक को-को उम्मेदवार बन्छन् भन्ने चासो सबैतिर छ ।

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बनेको अवस्थामा एउटा परिस्थिति बन्ला तर कांग्रेस एक्लै लडे पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने स्थिति रहेकाले राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट कसले पाउँछ भन्ने चर्चा कांग्रेस बृत्तमा छ । कांग्रेसको लागि सुरक्षित मानिएको यो गाउँपालिकामा युवा नेता तप्त पौडेलको सशक्त दाबेदारी छ । गाउँपालिका अध्यक्ष लड्ने मनस्थितिका साथ उनी केही समय अगाडिदेखि नै तयारीमा जुटेका छन् । “म गाउँपालिका अध्यक्षमा चुनाव लड्ने मनस्थिति बनाएरै अघि बढेको छु, पार्टीले उपयुक्त ठानेर टिकट दिए चुनाव जित्ने आत्मविश्वास पनि छ,” युवा नेता पौडेलले भने ।

उनी राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदका प्रबल दाबेदार मानिएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईका स्थायी बासिन्दा पौडेल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेका हुन् । उनी नेपाली कांग्रेस बाँकेका निवर्तमान सचिव हुन् । नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष बनेर काम गरिसकेका उनी दुई कार्यकाल केन्द्रीय सदस्य पनि बने । स्पष्ट बक्ता, सांगठनिक कौशल, वाक क्षमता भएका पौडेल लोकप्रिय नेता हुन् ।

पौडेल बाहेक राप्तीसोनारीको अध्यक्षका लागि अहिलेका अध्यक्ष लाहुराम थारु, जिल्ला सदस्य एवम् क्षेत्र नम्बर १ का निवर्तमान सचिव डिल्ली गिरी, क्षेत्रीय सचिव एवम् वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत, महासमिति सदस्य एवम् वडा नम्बर ९ का वडा अध्यक्ष महाविर ओली, पालिका सभापति भिम बहादुर राना, महाधिवेशन प्रतिनिधिहरु यम बहादुर खड्का र संगीता थारुले पनि दाबेदारी गरिरहेका छन् ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech