८ बैशाख २०८२, सोमबार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ
  • न्युज मानसराेवर

बाँके\सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ थियो।

त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech