९ जेष्ठ २०८२, बिहीबार

बाँकेमा एमालेले ‘म मेरो वडा जिताउँछु अभियान’ सन्चालन गर्दै
  • न्युज मानसराेवर

बाँके । नेकपा एमालेको तेस्रो पूर्ण जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा एमालेको तेस्रो पूर्ण बैठकले महत्वपूर्ण निर्णय समेत गरेको । बैठकमा बाँकेका ८ वटै स्थानीय तह बाट रिर्पोटिङ समेत गरिएको थियो ।

जिल्लाको बैठममा पार्टीका स्थानीय अध्यक्षहरु जिल्लाका ८१ वडा मध्य ५६ वडा कमिटीले वडा प्रतिनिधिहरुको नामावली सर्वसहमतिमा सिफारिस गरेको जानकारी गराइएको थियो । यसै गरी तेस्रो पूर्ण जिल्ला बैठकले नेपालगञ्ज उपमहानगरपालिका उम्मेदवारहरुको नामवली सर्वसहमति प्रदेश कमिटीलाई सिफारीस गर्ने निर्णय गरेको बताइएको छ ।बैठकले जिल्लाका ८ हजार संगठित सदस्यहरु  ‘म मेरो वडा जिताउँछु अभियान’  १ गते  आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा सात सुर्य सात छाप प्रचार प्रचार प्रसार अभियान सञ्चालन गर्ने तयारी रहेको नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जानकारी गराएका छन। त्यसै गरी बडा कमिटीको नेतृत्वमा जेष्ठ नागरिक भेटघाट घर दैलो अभियान संचालन गर्ने लगाएत निर्णय गरिएको समेत ढकालले जानकारी गराएका छन ।

 

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech