९ जेष्ठ २०८२, बिहीबार

एमालेद्वारा १२ विभाग थप, सल्लाहकार परिषद्को आकार बढाइयो
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले १२ वटा विभाग थप गरेको छ।  सोमबार बसेको सचिवालय बैठकले हाल कायम रहेको विभागमा १२ विभाग थप गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  यस्तै सल्लाहकार परिषद्को आकार पनि बढाउने निर्णय गरेको छ । हाल कायम रहेको १७३ सदस्यीय सल्लाहकार परिषद्मा  १०५ जना थपेर २७८ जना बनाइएको गुरुङले जानकारी दिए ।  सल्लाहकार परिषद्को सिफारिसलाई बैठकले अनुमोदन गरेको हो।

यस्तै सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गरिएको छ  भने कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । सो घोषणापत्र आजैको बैठकले पारित गरिसकेको छ । सोही दिन पालिका-पालिकामा पनि प्रतिबद्धता पत्र सार्वजनिक गरिने छ । पार्टी स्थापना दिवसकै दिन करिब १७ जना जेष्ठ कम्युनिस्टलाई विशेष सम्मान गरिनेछ ।

गुरुङले थापाथलीमा रहेको केन्द्रीय कार्यालय वैशाख ९ देखि नै तुल्सीलाल स्मृति भवन च्यासलमा सर्ने निर्णय पनि भएको जानकारी दिए । यसैबीच यसअघि भएका प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीमा रहेका कतिपय व्यक्तिहरु स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न पालिका वा जिल्ला कमिटीबाट सिफारिस भइ आएकाले निर्वाचन आयोगलाई यसअघिको विवरणबाट हटाइदिन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech