बाँके\स्थानीय तह सदस्य निर्वाचमा मतदान गर्न अब बाँकी २ दिन मात्र बाँकी छ । देश स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा केन्द्रित छन। चुनावी सभा र घरदैलो अभियान सँगै मतदाता शिक्षामा केन्द्रित अभियानमा छन। यसै सन्दर्भमा आज बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ७ का एमाले बाट वडा अध्यक्ष पदका उम्मेदवार भोला कुमार मल्लको संक्षित जीवनका बारेमा चर्चा गर्ने छौँ ।

भोला कुमार मल्ल एक समाज रुपान्तरणका मैन हनु । उनी सुर्खेत जिल्ला स्थित सिम्ता गाउँपालिकामा २०३० सालमा आमा प्याउली देवी मल्ल र बुवा चन्द्रवेव मल्लका सन्ताका रुपमा यस धर्तीमा जन्म लिएका थिए ।
शिक्षक पेशा गर्दै सफल व्यवसाय रसंचालकको रुपमा आफुलाई स्थापित गरेका व्यक्ति हुन। मल्ल सिम्ता स्थित भानु माविमा अनेरास्वीयुको प्रारम्भीक कमिटी मा २०४८ सालमा आवद्ध भएका थिए । उनी लगाएत उनका परिवार २०५८ सालमा बाँके जिल्ला मा सुर्खेत बाट बसाइसराइ गरेर थिए।
समाज रुपान्तरण कम्युनिष्टहरुले मात्र गर्न सक्छन भन्ने छाप लिएका मल्ल अध्ययन मा अब्बल भएकै कारण स्यम आफु अध्ययन गर्ने विद्यालय भानु मावि मा ६ महिला शिक्षकको रुपमा काम गरेका थिए ।
२०५६ सालमा नेकपा एमालेको संगठित सदस्यता लिएका मल्लले समाज रुपान्तरणका लागि बैजनाथ गाउँपालिका वडा न ७ को वडा अध्यक्षमा एमाले उम्मेदवार बनेका छन।
जीवन सघर्षका उतार चढावहरुको सामना गर्दै २९५८ सालमा सनलाइट अग्रेजी विद्यालयको संचालकका रुपमा काम गरे ।मल्लले तत्कालिन बनकटुवा गाविस वडा न १ स्थित प्रावि विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर१२ बर्ष सम्म काम गरेको अनुभव रहेको छ । यसै गरी मल्ले बैजनाथ गाउँपालिकामा विभिन्न संघ संस्थाहरुको संथापक शेयर सदस्य भएर काम गरेका छन।
समृद्ध बैजनाथ निमार्णका लागि नेकपा एमाले बाट वडा न ७ को उम्मेदवार बनेका मल्लको राजनितिक यात्रा भोलिको दिनमा कस्तो होला त्यो त हेर्न अब २ बाँकी छ । नेपाली काग्रेसले नेतृत्व लिएको बैजनाथ ७ मा चुनावी माहोल घरदैलो र मतदाता शिक्षामा केन्द्रित रहेको छ ।
मल्लले भने आफ्नो उम्मेदवारी समग्र वडा न ७ को विकास कृषिमा यान्त्रीकरण नीति कार्यान्वय किसानहरुको उत्पादन बजारीकरण शिक्षामा आमुल परिवर्तन जस्ता ३० बुर्दे मुद्धा लिएर चुवावी मैदानमा छन। एमालेको चयायमान संगठन र ५ वर्षे काग्रेसको नेतृत्वले विकास र समृद्ध वडा बनाउन नकसेका कारण आफ्नो विजयी हुनेमा भोला कुमार मल्लको विश्वास रहेको छ ।
















