बाँके\भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महीनामा रू. ६३ करोड बराबरको चश्मा तथा तिनका पार्ट्सको आयात भएको छ । विगत १० वर्षको तथ्यांक हेर्दा चश्मा तथा तिनका पार्ट्सको आयात निरन्तर बढिरहेको छ ।
नेपाल नेत्र चिकित्सामा दक्षिण एशिया क्षेत्रमै उत्कृष्ट रहेको सन्दर्भमा चश्मा उद्योगलाई नेपालको विशेष प्राथमिकता प्राप्त उद्योगका रूपमा विकास गर्नु आवश्यक छ । वार्षिक करीब १ अर्ब रुपैयाँको चश्मा आयातको बजारलाई दृष्टिगत गर्दै यस क्षेत्रमा आत्मनिर्भर बन्नेतर्फ सरकारले समेत विशेष प्रयास र पहल थाल्न जरुरी छ ।