८ बैशाख २०८२, सोमबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धिको तथा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको वक्यौता बढ्दै गएकोले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ।

पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ बढेर १७८ रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टीतेलमा १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ।

निगमले पछिल्लो १५ दिनमा ३ अर्ब ८९ करोड घाटा भएकोसमेत जनाएको छ। यसअघि सरकारले पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रतिलिटर १० रुपैयाँले समायोजन गरेको थियो।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech