बाँके\ बाँकेस्थित राप्ती नदीको बाढीमा फसेका दुई जना महिलालाई उद्धार गरिएको छ । प्रहरीले ती महिलालाई सकुशल उद्दार गरेको हो । राप्तीसोनारी ४ निवासी ३५ बर्षीया प्रदेशनी थारु र ४० वर्षीया मिना थारुको उद्धार गरिएको हो ।
माछा मार्न राप्ती नदीमा गएका बेला उनीहरु बाढीमा फसेका थिए । बाढीमा फसेको खबर पाए लगत्तै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरी चौकी कचनापुरलाई फोन गरी उद्धार गर्न भनेका थिए ।
लगत्तै सहायक निरीक्षक विष्णु खड्का नेतृत्वको टोलीले शनिबार दिउँसो लालपुरघाटको टापुबाट उनीहरुलाई उद्धार गरेको होे । पहाडतिर वर्षा भएका कारण राप्ती नदीमा बाढी आएको छ ।