९ बैशाख २०८२, मंगलवार

पोस्ता दाना परीक्षणका लागि काठमाण्डौ पठाइयो
  • न्युज मानसराेवर

बाँके\ भारतीय कन्टेनरमा फल्स बटन बनाएर अवैध रुपमा भारत लैजाँदै गरेको अफिमको बियाँ (पोस्ता दाना) परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन नसकेपछि काठमाण्डौ पठाइएको बताए ।

प्रयोगशालाको रिपोर्ट आउँदै गर्दा भारतीय गाडीको मालिक र चालकलाई भने पत्राचार गर्ने तयारी भन्सार कार्यालयले गरेको छ । यसअघि ०७८ सालमा नेपालमा आयात गरिएको पोस्ता दाना उम्रिने खालको आयात भएपछि वाणिज्य विभागले छानबिन गरेको थियो ।

  • २३ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech