८ बैशाख २०८२, सोमबार

ज्ञानोदय पुस्तकालयको पदाधिकारीले गरे सपथ ग्रहण
  • न्युज मानसराेवर

बाँके\ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका
छन । नव निर्वाचित अध्यक्ष चेतकान्त भट्टराई सहित नवनिर्वाचित पदाधिकारीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

भट्टराईलाई निर्बाचन संयोजक लोक बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । निर्बाचन संयोजक शाहले नवनिर्वाचित उपाध्यक्ष मणिप्रसाद गैरे, सचिव एकराज शर्मा, कोषध्यक्ष पबित्रा ढकाल, सहसचिव गितादेवी शर्मा, सदस्यहरु विनिता शर्मा,चुरामणी ढकाल, शर्मिला मल्ल, रविन्द्रप्रसाद सुवेदी र पतिराम थारुलाई पद तथा गोपनीयताको ग्रहण गराएका थिए । पदभार तथा शपथ ग्रहण कार्यक्रमा बोल्दै नवनिर्वाचित अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालय भनेको सवैजनाको साझा संस्थाको रुपमा विकास गर्ने र सवैको पहुचमा पु¥याउन पहल गर्ने वताए । अधिल्लो कार्यकालमा सम्पन्न गर्ने नसकेका कामलाई प्रमुख प्राथमिकता मा राख्येर अगाडि बढ्ने वताए । निर्वाचनमा सहयोग गर्ने सवै जनालाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रमका सभापति लोक बहादुर शाहले पुस्तकालय भनेको विशुद्ध समाजिक कार्यगर्ने भएकाले यसलाई कुनै पनि राजनीतिक दलले आफ्नो कव्जा जमाउने तरिकाले अगाडि वढ्ने कार्य राम्रो नभएको  वताए । पुस्तकालयमा सवै खालका कानुन का पुस्तकहरु आफुले एक सेट उपलव्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै सवैको असार २५ गते कोहलपुरमा सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको  थियो । शनिबार सम्पन्न निर्वाचनमा भट्टराईले आफ्ना प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषाललाई पछि पर्दै ३२७ मत प्राप्त  गरी विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ मत ल्याएर विजयी भएका थिए भने सचिवमा एकराज शर्माले ३४१ मत ल्याएर विजयी भएका थिए । यस अघि समेत चेतकान्त भट्टराई उक्त सस्थाको अध्यक्ष नै थिए ।  उनको कार्यकालमा पुस्तकालयको बिकासले तिब्र गति लिएको थियो । तसर्थ नवनिर्वाचित समिती सहितको भट्टराईको टिमले अझ ससक्त रुपमा काम गर्नेमा आसाबादी रहेको सहभागीहरुले बताए ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech