२ जेष्ठ २०८२, बिहीबार

छानबिन समितिसँग पत्रकारद्वयले भने: हामीसँग प्रमाण छ, तर दिन मिल्दैन
  • न्युज मानसराेवर

काठमाडौँ\ अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । आज सिंहदरबारमा भएको बैठकमा उनीहरुलाई बोलाएर समितिले सोधपुछ गरेको हो ।

समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए । उनीहरुको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरुले समाचारको स्रोत नखोल्ने बताए ।

‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।

समितिका सदस्यहरुले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने दिएनन् । उनीहरु आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर सोधेका थिए । पत्रकारहरुले त्यस्तो महसुस नगरेको बताएका छन।

 

  • ४ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech