८ बैशाख २०८२, सोमबार

प्रेस युनियनमा लम्सालको टिम विजयी
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन (एनपीयू)को अध्यक्षमा स‌ंस्थापनइतर समूहका शिव लम्साल नेतृत्व टिम विजयी भएको छ।

सभापति शेरबहादुर देउवा निकटकालाई विजयी गराउन आवश्यक परे राज्यस‌ंयन्त्र उपयोग गर्नसमेत भनिए पनि संस्थापन पक्षकी अनिता बिन्दुको समूहलाई पछि पार्दै पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका लम्साल प्यानलले विजयी हात पारेकाे हाे।

लम्साल प्यानललाई डा‍‍. शेखर काेइराला र गगन थापा प्यानल भनेर चिनिन्छ। पछिल्लो समय देउवाको सचिवालयजस्तै बन्दै गएको भन्ने आरोपकै कारण पनि लम्साल पक्षलाई जिताउन पर्ने बाध्यता एनपीयू पार्शदको थियो। ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देल एक छत्र अध्यक्ष रहे। उनले पहिले नै अधिवेशन गराउन सक्थे यही परिणाम आउँछ भनेर नै लामो समयदेखि अधिवेशन सर्दै आएको थियो।

पोखरामा सम्पन्न अघिल्लो महाधिवेशनमा सिग्देलबाट पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनितालाई पराजित गरेका हुन्। उनी लामो समयदेखि एनपीयूमा सक्रिय पत्रकारका रुपमा छन्। मतगणना सकिए पनि आधिकारिक रुपमा मतपरिणाम घोषणा भइसकेको छैन। तर लम्साल पक्षधरले बिजयोत्सव मनाइरहेका छन्।

युनियनको वरिष्ठ उपाध्यक्षमा लम्साल प्यानलकै प्रेम केसी र महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने अन्य उपाध्यक्षमा पनि लम्साल पक्षधर नै निर्वाचित भएका हुन्। खुला उपाध्यक्षमा लम्साल प्यानलकै नकुल अर्याल उपत्य र प्रतिष्ठान हेर्ने उपाध्यक्षमा जीवन भण्डारी सहितको टोली विजयी भएका छन्।  कोषाध्यक्ष र एक उपाध्यक्षमा भने संस्थापन पक्ष विजयी भएका छन्।

  • ८ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech