९ बैशाख २०८२, मंगलवार

नवलपुरमा थपिए एक हजार उद्योग
  • रासस

बाँके\ नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० ओटा नयाँ उद्योग थपिएका छन् ।

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु उद्योग, चार वटा घरेलु उद्योग र एक हजार ३८ वटा साना उद्योग रहेको कार्यालय प्रमुख खनालले बताए ।

जिल्लामा थपिएका उद्योगमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित रहेको उनले बताए । योबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताए ।  ‘नवलपुरमा उद्योग थपिने क्रम तीव्र छ, कोभिडको अवस्थामा केही कम उद्योग दर्ता भएको भए पनि अहिले फेरि नयाँ उद्योग थपिने क्रम धेरै रहेको छ,’ कार्यालय प्रमुख खनालले भने, ‘थपिएकामध्ये कृषि, वन पैदावार, सेवामूलक र पर्यटनसँग सम्बन्धित धेरै रहेका छन् ।’

  • २२ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech