८ बैशाख २०८२, सोमबार

खानेपानी उपभोक्ता संस्था कोहलपुरका अध्यक्षमाथि अभद्र व्यवहार
  • न्युज मानसराेवर

कोहलपुर\ बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लमाथि समुहले अभद्र व्यवहार गरिएको छ ।

दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले अध्यक्ष मल्ललाई कालोमोसो दलेर अभद्र व्यवहार गरी फरार भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले जनाकारी दिए ।

खानेपानीका बिषयमा अध्यक्षसंग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर–१० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए । प्रहरीले घटनामा संलग्न ४ जनालाई खोजी गरिरहेको जनाएको छ ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले पैसा तिरे पनि पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए । अध्यक्ष मल्लमाथि कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

बिगत एक महिनादेखि कोहलपुर नगरपालिका वडा नं ६, १० र ११ का केहि स्थानम खानेपानी सप्लाई पुर्णरुपमा बन्द भएको छ । यस सम्बन्धमा उपभोक्ताहरुले खानेपानी कार्यालयको पटक पटक ध्यानाकर्षण गराए पनि सो कार्यालयले पानीको आपुर्ति गर्न सकेको थिएन ।

  • २३ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech