८ बैशाख २०८२, सोमबार

बैजनाथ गाउँपालिकाका महिलाहरुले बाख्रा उपहार प्रदान गर्दै
  • आर.के छिनाल

बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिकामा साना किसान उद्यमी सुढृढीकरण परियोजनामा आवद्ध भएका महिलाहरुले उपहार स्वरुप समुहका महिलाहरु बाख्रा उपहार गरेका छन। बैजनाथ गाउँपालिका वडा न ५ स्थित उपकार महिला सदस्य तुलसा थापाले समुह सदस्य लक्ष्मी थारुलाई दुई वटा बाख्रा उपहार गरेकी हुन।

आर्थिक,सामाजिक सवलीकरण र दिगो विकास लक्ष्य हासिल गर्नाका लागि निवर्तमान स्थानीय सरकारले संचालन गरेको साना किसान उद्यमी सुढृढिकरण परियोजना मार्फत गठन गरिएका समुहहरुमा एक हजार उन्नत जातका बाख्रा तिन सय १३ खोर निमार्ण तथा सुधार, उन्नत जातका ७५ विउ बोका,विभिन्न डाले तथा भुई घाँसका विउ वेर्ना आ.व०७६\०७७ देखि ०७८\०७९ वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७७।०७८।०७९ गरि एक सय ४५ समुहमा आवद्ध ३ हजार ६ सय साना किसानहरुलाई वितरण गरिएको थियो । भने अन्य पुराना समुह गरी कूल परिवार संख्या चार हजार ३ सय परिवारमा कार्यक्रम प्रत्यक्ष रुपमा संचालन गरिएको थियो । हेफर प्रोजेक्ट नेपाल, बैजनाथ गाउँपालिका र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित उक्त परियोजना मार्फत सात सय बाख्रा उत्पादन भई उपहार भइसकेका छन। अन्य ३ सय बाख्रा यो साल वितरण गरेका छौँ। अब २०८० सम्ममा वितरण गरिएका बाख्रा बाट उत्पादन पछि तिन सय बाख्रा नै उपहार हुने छन । उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले जानकारी भने ।

उत्पादित बस्तुहरुको बजारीकरण गर्न आफ्नै सहकारी स्थापना
परियोजनामा मार्फत साना किसानहरुले उत्पादन गरेका बाख्रा खसी तरकारी लगाएत बस्तुहरुको बजारीकरण गर्नाका लागि सहकारी स्थापना गरी बजारी करण गरिरहेको छ । आर्थिक वर्ष २०७८ \०७९ मा सहकारीले समुहमा उत्पादन भएका ५९ लाखको खसीको बजारीकरण गरिएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लेखा तथा बजार व्यवस्थापक आकाश रुचालले जानकारी
गराए।उनका अनुसार सहकारीमा एक हजार ७ सय शेर सदस्य आवद्धता रहेको छन।

निवर्तमान स्थानीय सरकारले साना किसानहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नाका लागि साना किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्न सहकारीलाई ढुवानी साधान समेत उपलब्ध गराएको थियो । बैजनाथ सामाजिक उद्यमी महिला सहकारी २०७७ पुषमा मा दर्ता गरिएको थियो ।

‘पालिका प्रमुख सँग किसान ‘ कार्यक्रममा ३ करोड विनियोजन
निवर्तमान स्थानीय सरकारले संचालन गरेको साना किसान उद्यमी सुढृढीकरण परियोजनाको समय अवधि एक आर्थिक वर्ष बाँकी छदै बर्तमान सरकारले त्यसलाई निरन्तरता दिएन । वर्तमान स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीले पालिका प्रमुख सँग किसान कार्यक्रम संचालन गर्न तिन करोड रुपैया विनियोजन गरिएको बताए ।उनले साना किसान परियोजनामा आवद्ध समुह लगाएत अन्य नयाँ समुहहरु थप गरी पालिका प्रमुख सँग किसान कार्यक्रम संचालन गरिने बताएका हुन। अब छिटै साझेदारी ऐन तथा कार्यविधि पास गरी कार्यक्रम संचालन हुने शाहीले बताए ।

  • २४ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech