बाँके\ट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यसअघि गत चैतमा आन्दोलन गरेका व्यवसायीले नेपाल आयल निगमसँग सहमति गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर साउन २२ गते बसेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय पदाधिकारीको बैठकले उक्त माग कार्यान्वयनका लागि आयल निगमलाई झकझक्याउने र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
निगमले सहमति पालना नगरेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र आन्दोलनका अन्य कार्यक्रम गरिने महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।