१८ बैशाख २०८१, मंगलवार

बैजनाथमा दुई दिने क्षमता विकास तालिम सम्पन्न
  • रामकृष्ण छिनाल

बाँके बैजनाथ\  बैजनाथ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिकाको आयोजनामा दुई दिने उक्त तालिम दिइएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जिल्लाको शान्ति सुरक्षा, नागरिकता विधेयकको प्रावधान र विद्यमान कानुनी व्यवस्थाबारे सहजीकरण गरे ।

खत्रीले स्थानीय तहको विकासमा जनप्रतिनिधी र कर्मचारीबीच सकारात्मक समन्वयन र सहकार्य हुन आवश्यक रहेको बताए । उनले स्थानीय तहको अधिकार प्रयोग गर्दै दिगो विकास लक्ष्य हुने नीति तथा कार्यक्रमहरु संचालन हुन आवश्यक रहेको बताए ।

यस्तै क्षमता विकास तालिममा स्थानीय सरकार संचालन ऐन, भाषण कला, नेतृत्व विकास, सीप, सकारात्मक सोच लगाएत विषयमा विषयविज्ञ विकास देव योन्जनले सहजिकरण गरेका थिए ।

त्यसै गरी कोष तथा लेखा नियन्त्रण कार्यालय बाँके प्रमुख खडान्द अधिकारीले वित्तिय जवाफदेहिता, उत्तरदायित्व वित्तीय संघियता, वित्तीय अनुशासन एवम् बजेट निकासा फुकुवा प्रक्रिया कार्यक्रम जानकारी गराए ।अधिकारीले स्थानीय तहको राजश्व संकलन खर्चका मापदण्ड र बेरुजी हुने अवस्था र सोको फछ्र्यौट सम्बन्धमा सहजिकरण समेत गरे ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले दुई दिने तालिमले कर्मचारी र निर्वाचित जनप्रतिनिधि विचको सम्बन्ध सकारात्म तथा समन्वय कारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैजनाथ गाउँपालिका निर्वाचित जनप्रतिनिधि कर्मचारी गरी एक सय भन्दा बढीको सहभागिता बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्त राज आचार्यले जानकारी गराए । कार्यक्रममा विषय विज्ञ प्रशिक्षकहरुलाई गाउँपालिकाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त दुई दिने तालिम पर्यटक क्षेत्र गाभार भ्यालीमा संचालन गरिएको थियो ।

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech