१९ माघ २०८१, शनिबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फरार ! जुनसुकै बेला पक्राउ पर्नसक्ने
  • न्युज मानसराेवर

बाँके\आतंकवाद विरोधी कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढेपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फरार भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री खान पाकिस्तानबाट फरार भएर पञ्जाबमा आएर बसेका छन् । पाकिस्तानमा खानलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

हालै आयोजित एक कार्यक्रममा खानले शान्ति भंग गर्ने, न्यायाधीश र प्रहरी अधिकारीलाई धम्क्याउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध कारवाही थालिएको छ । स्थानीय प्रहरी कार्यालयहरूमा खानविरुद्ध उजुरी दर्ता भइसकेको छ ।

उनी पूर्व प्रधानमन्त्रीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष समेत हुन् । पीटीआईका नेता, कार्यकर्तालाई खानलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् । खानको निवासमा कार्यकर्ताहरू भेला हुने र सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी भइरहेको छ ।खानविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा समेत छानबिन भइरहेको छ । एजेन्सी

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech