७ पुष २०८१, आईतवार

ब्राउनसुगरसहित बाँकेमा एक जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जको त्रिभुवन चोकबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।बाँकेको नेपालगञ्ज उपमहानरपालिका वडा नं. ११ बस्ने ४९ वर्षीय कल्ल कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, त्रिभुवन चोक नजिक लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा सोही स्थानमा शंकास्पद रुपमा फेला पारी उनलाई जाँच गर्दा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ३ पोका ब्राउनसुगर फेला पारी पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट ब्राउनसुगरसहित नगद नेपाली २२ हजार र भारतीय रुपैयाँ १ हजार ५०० बरामद गरेको छ । सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech