१९ माघ २०८१, शनिबार

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान
  • न्युज मानसराेवर

बाँके\मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन् ।

रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ ।रजाकले जुलाई २०२० मा नै दोषी ठहर गरिएको भए पनि उनी हाल सम्म जमानतमा थुना बाहिर रहेका थिए ।

२०२० मा उनलाई अदालतले विभिन्न सात वता मुद्दा कुल ८ मिलियन युरो को भ्रष्टाचार गरेको ठहर गर्दै ३९ . ७ मिलियन युरो जरिवाना १२ वर्ष जेल सजाय तोकेको थियो । नाजिबले भने आफूले राज्य कोषको कुनै पनि रकम हिनाबिना नगरेको दाबी गर्दै आएका छन् ।

उनका अनुसार उनको निजी खातामा भएको रकम राज्य कोष दुरोपयोग गरी कमाएको रकम नभई साउदीको शाही परिवारले उनलाई दान दिएको रकम हो । एजेन्सी

  • ८ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech