१९ माघ २०८१, शनिबार

बैजनाथ गाउँपालिकामा अन्तरराष्ट्रिय अनुगमन
  • रामकृष्ण छिनाल

बाँके\ बैजनाथ गाउँपालिकामा अन्तरराष्ट्रिय अनुगमन  सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजनाको अमेरिका,भारत लगाएत देशहरु बाट अनुगमन गरिएको हो ।बैजानथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा गठीत समूहमा भएको परिर्वतनको अनुगमन हेफर इन्टरनेशनल केन्द्रिय कार्यलय अमेरिकाका वित्तिय प्रमुख मारसी ,वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनी सहीतको अन्तरराष्ट्रिय टोलीले अनुगमन गरेको हो ।

कार्यक्रममा बोल्दै हेफर इन्टरनेश्नलका वित्तिय प्रमुख मारसीले संसारका सम्पूर्ण महिला एउटै हौ।,तपाईलाई आइपर्ने समस्या भनेको हाम्रो पनि हो। र त्यसलाई निराकरण गर्ने  प्रतिवद्धता समेत ब्यक्त गरिन। वित्तिय प्रमुख मारसीले  तपाई संग अन्तरक्रिया गर्न पाउँदा र तपाईहरको न्यानो आतिथ्यले खुशी बनाएको बताउदै समुहका सबैलाई धन्यवाद समेत व्यक्त गरिन। स्थानिय सरकारको प्रतिनिधित्व गर्दै बैजनाथ गाउँपालिका वडा नं ४ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक प्रेम बहादुर शाहीले हेफर मोडेलको परियोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा परिर्वतन गर्न सफल भएकोले हेफर प्रजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रलाई धन्यवाद दिए ।शाहीले हेफर मोडेलको कार्यक्रम अहिले भन्दा थप शशक्त रुपमा संचालन गर्न आफूहरु इच्छुक रहेको बताए। पालिका प्रमुख संग किसान कार्यक्रम  संचालनका लागि तीन करोड रकम विनियोजन गरिएको कार्यक्रममा जानकारी गराए ।उनले कार्यक्रम संचालन गर्नाका लागि कार्यविधि तयारी चरणमा रहेको बताउदै दिदीबहिनीहरुलाई विश्वस्त रहन  आग्रह गरे ।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा समूहका सदस्यहरुले प्राप्त गरेका सुधारिएका खोर, बाख्रा तथा घाँस को प्रत्यक्ष अनुगमन गरिएको थियो। तालिमका माध्यबाट सामाजिक परिर्वतन विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा समूहका सदस्यहरुले आफूहरुले गर्दै आईरहेको उपहार प्रदान, बाटो सरसाफई, समूहिक काम, बचत तथा लगानी सम्बन्धि आफ्ना अनुभव र अनुभूति समेत सुनाएका थिए ।

हरियाली महिला समूहकाअध्यक्ष ज्यूनी वि.कको अध्यक्षता  कार्यक्रम  संचालन गरिएको थियो ।भने कार्यक्रम संचालन टिका सुनारले संचालन गरेकी थिइन। हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम निर्देशक दुर्गा केसी ,कर्मचारी लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

  • २६ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech