कोहलपुर\केही महिना अगाडी स्थगित भएको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई कार्यसमितिको भेला सम्पन्न भएको छ ।
उक्त भेलाले बागेश्वरी बहुमुखी क्याम्पसम प्राध्यापनरत एकराज शर्मा लाई सभापतिमा सर्वसम्मत चैयन गरेको छ । भेलाले सचिवमा गोपिलाल शर्मा, सदस्यमा मीन बहादुर के सि, गणेश पौडेल र बाल कुमार शर्मा लाई चैयन गरेको सचिव गोपिलाल शर्मा जानकारी दिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको चौथो अधिवेशन केही समयका लागि भएर स्थगित भएको थियो । आज बसेको प्रजातन्त्रवादी प्राध्यापक संघको भेलाले नयाँ कार्यसमिति लाई पुर्णता दिएको हो। भेलाको अध्यक्षता नि बर्तमान सभापति टेकेन्द्र कुमार महतराले गरेका थिए ।