९ बैशाख २०८२, मंगलवार

बैजनाथामा बागेश्वरी महिला समुहले गर्यो बङगुरको पाठी उपहार
  • रामकृष्ण छिनाल

बैजनाथ । बैजनाथ गाउँपालिकामा बागेश्वरी महिला समुहले बङगुरको पाठी उपहार  गरेका छन।   बैजनाथ गाउँपालिका वडा न ७ स्थित बागेश्वरी महिला समुह सदस्य हिरा थारुले बैजनाथ गाउँपालिका बाट प्राप्त बङगुर उपहार गरेकी हुन।

बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित साना किनान उद्यमी सुढृढिकरण परियोजना मार्फत बागेश्वरी महिला समुह २०७८ ।५।१८ मा गठन गरिएको थियो ।

स्थानीय सरकारले दिएको बङगुर बाट अहिला ५ वटा बच्चा हुकाउँदै  गरेकी हिराले आफुले जस्तै साथी ज्ञानमति थारुले पालुन भनेर  बङगुर उपहार गरेको बताइन। स्थानीय सरकार सँगको साझेदारीमा  परियोजना मार्फत बैजनाथमा चार हजार ३ सय घर परिवारमा  परियोजना मार्फत काम गरिएको थियो ।

समुहमा २५ जना महिलाहरु रहेका छन। एक अर्कालाई सहयोग गर्ने आफ्नो टोल सरसफाई गर्ने समुदायमा सामुयीक रुपमा धान काट्ने रोप्ने समुह बचत गर्ने  उपहार प्रदान  जस्ता कामहरु समुहमा आवद्ध महिलाहरुले  गर्दै आइरहेका छन।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech