८ मंसिर २०८१, शनिबार

विद्युतीय गाडी लुम्बिनीमा सञ्चालन
  • न्युज मानसराेवर

बाँके\दसैंको अवसर पारेर लुम्बिनी विकास कोषले बिहीबारदेखि विद्युतिय गाडीको अफिसियल यान्त्रिक परीक्षण गरिएको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका छन्।

पाँतवटा विद्युतिय बस लुम्बिनी एयपोर्ट बेलहिया हुँदै रामग्राम , लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनी देखि तिलौराकोट साईट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस,  लुम्बिनी देखि एएरपोर्ट बेलहिया मणिग्रँम हुँदै देवदह रूटमा गाडी चल्नेछन्।

होटल एशोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, कोषको तर्फबाट एक-एक वटा बसका लागि चालकहरुको जिम्मेवारी लिएका छन। कम्तिमा १५ दिन सम्म नै यो सेवा सञ्चालन गरी परिक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषले जनाएको छ। यी सबै रुटहरुमा नि:शुल्क गाडी चल्नेछन।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परिक्षण इकाई पनि गठन गरेको छ। यसअघि कोषाध्यक्ष सिद्धिचरण भटराईको संयोजकत्वमा गठीत कार्यदलले बिद्युतिय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष सस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाईसकेको छ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech