७ पुष २०८१, आईतवार

प्याराग्लाइडिङ खेलाडी थापाको मृत्युप्रति खेलकुदमन्त्रीद्वारा दु:ख व्यक्त
  • न्युज मानसराेवर

बाँके\युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुने गरि भएको दुर्घटनाप्रति दुख ब्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख ब्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन ।

मन्त्री अथकले भनेका छन्, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लब(विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुखित र मर्माहत बनाएको छ । यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्वान्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धैर्यधारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।’

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech