९ मंसिर २०८१, आईतवार

शिक्षकको विज्ञापन खुलाउने आयोगको तयारी
  • न्युज मानसराेवर

बाँके\ शिक्षक सेवा आयोगले शिक्षकको रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी थालेको छ। आयोगले शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दीको विवरणअनुसार विज्ञापन खुल्ने आयोगले जनाएको हो।

आयोगले गत वर्ष खुलाएको दरबन्दीअनुसार परीक्षार्थी उत्तीर्ण नभई रिक्त रहेका दरबन्दीसहित थप गरेर विज्ञापन गरिने आयोगले जनाएको छ। आयोगले जारी गरेको वार्षिक कार्यतालिकाअनुसार पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक र फागुनमा प्राथमिक तहको विज्ञापन गरिनेछ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले केन्द्रले विवरण पठाएलगत्तै  विज्ञापन गर्ने बताए। उनले भने, ‘केन्द्रले पठाउने विवरणकै आधारमा विज्ञापन खुल्छ। कार्यतालिकाअनुसार नै विज्ञापन गर्ने गरी आयोगले तयारी गरेको छ।’

आयोगले सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि लिएको परीक्षामा परीक्षार्थी अनुत्तीर्ण भएर दरबन्दी रिक्त भएको छ। आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी ३५ हजार ५५६ जना परीक्षार्थी मध्य ३ हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए।

आयोगले असार ९ गते सञ्चालन गरेको विषयगत परीक्षाको नतिजा भदौमा सार्वजनिक भएसँगै आवश्यकताअनुसारका शिक्षक छनोट हुन नसकेको पाइएको थियो।  आयोगले लिएको परीक्षामा गणित, विज्ञान विषयको परीक्षामा धेरै शिक्षक दरबन्दी रिक्त छन्। आयोगले २०७९ चैत मसान्तसम्मको शिक्षक रिक्त दरबन्दीको विवरण ९प्रावि, निमावि र मावि० अनुसार नै विज्ञापन प्रयोजनका लागि केन्द्रले दिएको विवरणअनुसार विज्ञापन गर्ने जनाएको छ।

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech