बैजनाथ \बाँके नेकपा एमाले क्षेत्र नं.३ अन्तगर्त बैजनाथ गाउँपालिका वडा न ५ सिंहभवानी टाेलमा चुनावी प्रचार तथा मतदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ ।
नेकपा एमालेका प्रदेश क का उम्मेदवार रत्न खत्रीले राष्ट्रियता लोकतन्त्र बचाउँन एमाले उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन। खत्रीले स्वतन्त्रका नाममा केही मुकुण्डो धारीहरुको भ्रममा नपर्न समेत आग्रह गरेका छन।
उनले समाजिक उत्तरदायित्व निर्वाह गर्ने र देशलाई समृद्ध नेपाल खुसी नेपालीको अभिभार नेकपा एमाले मात्र गर्न सम्ने दावि समेत गरेका छन। खत्री मतदाता शिक्षा अभियानलाई तिब्र रुपमा नागरिक स्तरबाट शुरुवात भइरहको प्रति धन्यवाद समेत दिएका थिए ।
भज्यागौडी टोलमा घरदैलो अभियान समेत गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य घननाथ खनाल, मान बहादुर रुचाल ठकुरी नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु पालिका स्तरीय कमिटी पदाधिकारी वडा स्तरीय युवा संजाल लगाएतको सहभागिता रहेको थियो ।