१३ मंसिर २०८१, बिहीबार

बाँके ३ मा खत्रीले लिए १५सय ९० मतले अग्रता
  • न्युज मानसराेवर

बाँके / बाँके निर्वाचन क्षेत्र नं.३ क मा रत्न खत्रीले अग्रतालाई निरन्तर दिएका छन ।

खतीले बैजाथ गाउँपालिका सम्पूर्ण वडाकाे गणना हुँदा कूल १० हजार १ सय ९८ मत प्राप्त गरेका छन ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका चुनाव चिह्न ढकियाका चन्तराम थारूले खत्रीलाई पछ्याउँदै ८ हजार ६ सय ८ मत प्राप्त गरेका छन ।

त्यसै गरि स्वतन्त्र उम्मेदवार चुनाप चिह्न धाराका उम्मेदवार दल बहादुर सुनारले तेस्रो स्थानमा रहेका छन ।

सुनारले यहाँ कुल मत ८ हजार ४ सय ८२ मत प्राप्त गरेका ठ छन ।भने गठबन्धन उम्मेदवार आईपी खरेलले १ हजार ९१ मत प्राप्त गरेका छन । बैजनाथ गाउँपालिकामा कूल २९ हजार ४ सय ९७ मतदात भएकाे थियाे ।

त्यसैगरी १ हजार २ सय १७ मत बदर भएकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । बैजनाथमा कूल मतदाता संख्या भने ६१ हजार ५ सय ९६ थियाे ।

अब प्रदेश क काे अन्तिम आउन खजुरा गाउँपालिका वडा न ५,६,७,र ८ बाँकि रहेकाे रिपोर्टिङ स्थल बाट पत्रकार खगेन्द्र दाहालले जानकारी गराएका छन ।

 

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech