९ मंसिर २०८१, आईतवार

जीवन ज्योती स्कुलले गर्याे बिज्ञान तथा हस्तकला मेला
  • सरला सुबेदी

बाँके\कोहलपुर १० रामनगरमा रहेको जिवनज्योती स्कुलले शनिवार बिद्यालयमा बिज्ञान तथा हस्तकला प्रदशनी मेला आयोजना गरेको हो।

जिवनज्योती स्कुलले राखेको मेला आयोजनामा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नगर उप प्रमुख सङ्गिता सुवेदी , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल र शिक्षा शाखा प्रमुख राम बहादुर हमाल विद्यालय निरिक्षक रबिलाल मिजार नगरपालिकाका प्रवक्ता नम बहादुर आले लगायतले बिद्यालयले गरेको राम्रो कार्यको प्रशन्सा गर्दै मेला अवलोकन गरेका थिए।

बिद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि ९ कक्षासम्मका साना साना भाईबहिनिहरुले आफ्नै हातले आफैले मेहनत गरेर हस्तकला बाट बनेका विभिन्न सामग्री हरु बनाएका छन् । बिद्यार्थिहरुको क्षमता अभिबृद्दी गर्नको लागि उनिहरुको रुचि र चाहना अनुसार विभिन्न हस्तकलाका र बिज्ञानका सामग्री हरु बनाउन लगाई प्रदशनिमा राखीएको बिद्यालय परिवारले जनाएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जिवनज्योती स्कुलले शैक्षिक गतिविधिमा मात्र नभैइ विभिन्न खेककुद र अतिरिक्त क्रीयाकलापमा पनि बिधालयलाई सर्वोत्कृष्ट रुपमा चिनाउन सफल भएको छ । जिवनज्योती स्कुलमा अध्ययनरत हजारौ बढी बिद्यार्थिका अभिभावकहरुले समेत उत्साहित हुँदै मेला अवलोकन गरेका थिए ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech