बाँके\बाँकेमा साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्जका साइकिलेले मनाएका छन् ।नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगरपालीका गेटबाट साइकल यात्रा शुरु गरि मनाएका हुन् ।
यात्रा बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।
नेपालगन्ज मेडिकल कलेजका एमडी डाक्टर शुरेस कुमार कनोडियाको प्रमुख आथिथ्यतामा सम्पन्न साइकल यात्रामा सहभागी सबै साइकलेहरुले ढाका टोपी लाएर साइक्लिङ गर्दै शहर परिक्रमा गरिएको कार्यक्रममा प्रमुख अतिथि डाक्टर सुरेश कुमार कनोडियाले क्लबले गर्नेगरेका नियमित गतिविधि र बिशेष कार्यक्रमहरुको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै साइक्लिङ मानव स्वास्थ्यका लागी अनित नै महत्त्वपूर्ण रहेको बताउनु भएको थियो।
कार्यक्रममा सहभागी सबैलाई नेपालगन्ज घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलको तर्फबाट एक- एक थान ढाकाटोपी उपहार प्रदान गरिएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी दिनिभयो।
पाल्पाली ढाकाटोपी पसलका संचालक बिष्णु कडेलले नेपाल र नेपालीको पहिचानको रूपमा रहेको ढाकाटोपीलाई प्रवर्द्धन गर्न क्लबले आयोजना गरेको ढाकाटोपी दिवसको साइकल यात्राले महत्त्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गर्नुभयो ।
क्लबका सल्लाहकार रमेशकुमार मल्लले राष्ट्रिय पोशाक र पहिरनको महत्त्व दर्शाउदै गरेको ढाकाटोपी दिवस साइकल यात्राले साइकल सस्कृतीलाई टेवा पुराउनुका साथै ढाकाटोपीको प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष सतिश निरौलाले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिदै नियमित साइक्लिङ गर्न सबभन्दा आव्हान गर्नु भएको थियो । साभार