२९ भाद्र २०८२, आईतवार

बाँकेमा धान खरिद निकै सुस्त
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ ।  एक दिनमा दस जना किसानबाट जनही ३० क्विन्टलको दरले धान खरिद सुरु गरेको सो कार्यालयले २० दिनमा मात्र चार हजार ५०० क्विन्टल धान खरिद गरेको जनाएको छ ।

जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर यही पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरेकोमा हालसम्म १६० जना किसानबाट चार हजार ५०० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी गराएका छन।

उनले पालिकामा रहेको कृषि शाखाले गरेको सिफारिसका आधारमा धान खरिद गरिरहेको जनाउँदै वास्तविक किसानको मात्रै धान खरिद गरिएको सोत बताए । धान विक्रीका लागि आउनुभएका खजुरा ५ का किसान केदार अहिरले कृषि शाखाबाट सिफारिस लिएर ३० क्विन्टल मात्र धान लिएको आएको समेत उल्लेख गरे । उनले यो कोटा बढाएर कम्तीमा ५० क्विन्टल गर्नुपर्ने माग पनि गरेका छन।

यस्तै, धान विक्री गरेर बाहिर निस्कँदै गरेका अर्का किसान जानकी ९ का राममनोहर महतोले धेरै पहिलेदेखि प्रयास गरे पनि अहिले पालो आएको जनाउँदै ३० क्विन्टल विक्री गरेको बताए । खाद्य व्यवस्था कम्पनी लिमिटेडले किसानबाहेक अरू व्यवसायी वा कुनै मिलको धान खरिद नगरेको जनाउँदै सो कार्यालयका प्रमुख लामिछानेले आफूसँग कृषि शाखाबाट आएको सिफारिस र सबै कागजपत्र सुरक्षित रहेको समेत बताएका छन।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech