काेहलपुर/काेहलपुर नगरपालिकाले बाह्रौं नगर सभा उद्घाटन गरेकाे छ।
काेहलपुर नगरपालिकाकाे बाह्रौं नगर सभाकाे आगामी बैठक माघ ५ र ६ गते वाङमय प्रतिष्ठान विधेयक २०७९ पेश गर्ने भएकाे हाे ।
त्यसै गरि माघ ५ र ६ गते नगर सभाकाे बैठकले काेहलपुर नगरपालिकाले समायोजन भएका स्थायी कर्मचारीहरूलाई प्राेत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेकाे बिधेयक ,२०७९ लगाएत विधेयक पेश गर्ने कार्य तालिका प्रकाशन गरेकाे हाे ।
स्थानीय तहहरू वाङमय संरक्षण, सम्वद्र्धन तथा विकासमा उदासीन देखिएका छन्। स्थानीयताको पहिचानको आधारको रुपमा रहेको स्थानीय वाङमयको संरक्षण, सम्बर्द्धन तथा विकासमा पहिचानवादीहरू समेत सक्रिय हुन सकेका छैनन्।
भाषा र संस्कृतिलाई पहिचानको आधार मानेर वाङमयको क्षेत्रमा पहिचान खोजेका दलको नेतृत्व रहेका पालिकाहरूमा समेत वाङमय संरक्षणको पक्ष कमजोर रहेको देख्न सकिन्छ ।
त्यसै गरि आज बाह्रौं नगर सभाकाे शुभकामना व्यक्त गर्दै सार्वजनिक महत्त्वका विषयमा कार्यपालिका सदस्य वडा अध्यक्ष लगाएतले धारणा राखेका छन ।
सार्वजनिक महत्त्वका विषयमा धारणा राख्दै काेहलपुर नगरपालिका वडा नं.३ का अध्यक्ष माधव रिजालले विकास विकेन्द्रीकरण हुन आवश्यक रहेकाे बताएका छन ।
रिजालले नगरपालिका मजबुत बन्न वडा बलियाे हुनु पर्ने र विकासका याेजनाहरू समेत सम्मान हुनु पर्ने ओल्याए ।
उनले भूमिहिन अव्यवस्थित सुकुम्बासीहरूकाे लागि जग्गा नापचाज कार्य तत्काल शुरू गरिनु पर्ने जस्ता विषय उठान गरेका थिए । रिजाल लगाएत अन्य ७ जना कार्यपालिका सदस्यहरूले शुभकामना तथा आफ्नो धारणा राखेका छन ।