बाँके बैजनाथ /नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका चार जना वरिष्ठ पत्रकारलाई सम्मानित गरेको छ ।
महासंघ बाँके शाखाले शनिबार कोहलपुरमा आयोजना गरेको १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना वरिष्ठ पत्रकारलाई सम्मानित गरेको हो ।
साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा योगदान पुर्याउनु भएको भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, वरिष्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सी र बासुदेव श्रेष्ठ लाई सम्मान गरिएको हो । दोसल्ला, सम्मानमा प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेको छ ।
महासंघ बाँके शाखा नेपालकै प्रथम शाखाको रूपमा रहेको छ । बहुदलिय व्यवस्था स्थापना पछि बाँके शाखा खोलिएको संस्थापक
बताउँछन् ।