९ मंसिर २०८१, आईतवार

मन्त्री नमुनाको पहलमा राप्ती सोनारीमा सिपमुलक तालिम शुरु
  • न्युज मानसराेवर

बाँके\राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सीपमुलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्री समेत रहेकी कृष्णा केसी (नमुना) को निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकमबाट तालिम दिन थालिएको हो ।

मंगलबार मन्त्री केसीले उद्घाटन गरेको तालिममा गाउँपालिका भित्रका १३५ जनाको सहभागिता रहेको छ । सो अवसरमा बोल्दै मन्त्री केसीले आफ्नो निर्वाचन क्षेत्रमा क्रमश बेरोजगारीको समस्या हटाउने उद्देश्यले तालिमको लागि बजेट विनियोजन गरिएको  बताए।

‘भौतिक विकासले मात्र यहाँका मानिसहरुको जिवनस्तर माथि उकास्न सकिदैंन’ उनले भनिन्, ‘अहिले पनि हातमा सीप नहुँदा धेरैजना बेरोजगार बस्नुपरेको छ । विस्तारै मेरो निर्वाचन क्षेत्रका जनताहरुलाई सीप सिकाउने मेरो लक्ष्य छ ।’पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको लागि सीपमुलक तालिम सञ्चालन गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए । अहिलेलाई बेसिक तालिमको लागि बजेट छुट्याइएको बताउँदै

उनले   आगामी दिनमा एडभान्स तालिम सञ्चालन गर्न रकम विनियोजन गरिने प्रतिवद्धता  ब्यक्त गरिन। उनका अनुसार महिलाहरुका लागि ब्युटीपार्लर, सिलाई कटाई, कम्प्युटर तालिम सञ्चालन हुनेछ । पुरुषहरुका लागि हाउस वायरिङ्ग र मोबाईल मर्मत तालिम सुरु गरिएको मन्त्री केसीले जानकारी दिइन। प्रत्येक वडाबाट १५ जनाका दरले १३५ जनालाई विभिन्न विधामा सीपमुलक तालिमहरु दिइनेछ ।

वडा नम्बर २,३,६ र ८ मा सिलाई कटाई, वडा नम्बर ५ र ९ मा ब्युटीपार्लर, वडा नम्बर ७ मा हाउस वायरिङ्ग, ४ मा कम्प्युटर र १ मा मोबाइल तालिम सञ्चालन हुनेछ । सहजताको लागि सबै तालिमहरु सम्बन्धित वडामा नै हुने व्यवस्था मिलाइएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।३६० घण्टाको तालिम पश्चात सहभागीहरुलाई सामाग्रीहरु समेत दिने मन्त्री केसीले जानकारी दिएकी छन।

उद्घाटन समारोहमा वडा नम्बर ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल र ७ का अध्यक्ष रामलखन थारुले बोलेका थिए ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech