३ जेष्ठ २०८३, आईतवार

समता स्कुल इटहरीद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

इटहरी, जेठ ३।
समता स्कुल इटहरीले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका अभिभावकलाई लक्षित गर्दै अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक नीति, अनुशासन प्रणाली, मूल्याङ्कन प्रक्रिया, पठनपाठन विधि तथा अभिभावकको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रमुख सन्तोष श्रेष्ठले विद्यालयको शैक्षिक उद्देश्य, आगामी योजना तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीबारे जानकारी गराएका थिए। सोही अवसरमा विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूको परिचयसमेत गराइएको थियो।

कार्यक्रममा विद्यालयका संस्थापक उत्तम कुमार सञ्जेलको दूरदर्शी अवधारणा तथा शिक्षाक्षेत्रमा पुर्‍याउनुभएको योगदानबारे पनि चर्चा गरिएको थियो। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको विद्यालयले विगत १४ वर्षदेखि “सम्पूर्ण कक्षामा समान तथा न्यूनतम शुल्क” को अवधारणालाई निरन्तरता दिँदै आएको विद्यालयले जनाएको छ।

सोही अवसरमा आगामी महिनादेखि विद्यालयले सूचना तथा जानकारी प्रवाह, विद्यार्थीहरूको मूल्याङ्कन तथा शैक्षिक गतिविधिको विवरण अभिभावकसमक्ष सहज रूपमा पुर्‍याउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याउने जानकारीसमेत गराइएको थियो।

कार्यक्रममा अभिभावकहरूसँग अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रसमेत सञ्चालन गरिएको थियो, जहाँ विद्यालयसँग सम्बन्धित विभिन्न विषयमा खुला छलफल गरिएको थियो। अभिभावकहरूले कार्यक्रम प्रभावकारी, जानकारीमूलक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

  • ३ जेष्ठ २०८३, आईतवार प्रकाशित

  • Nabintech