बर्दिया\बर्दिया जिल्लामा स्वास्थ्य सबलिकरण परियोजना संचालन गरिएको छ।वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक)कोहलपुरको सहजीकरणमा जिल्लाका आठ वटै स्थानीय तहमा उक्त परियोजना संचालन गरिएको हो ।
जिल्लामा स्वास्थ्य संस्था तथा जिल्ला अस्पताल बर्दियालाई लक्षित गरी परियोजना संचालन गर्न लागीएको इन्रुडेक बाँकेले जनाएको छ। स्वास्थ्य सबलिकरण परियोजनाको पालिका स्तरीय परिचयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पूर्ण आठ वटै स्थानीय तहहरुमा सफलताका साथ सम्पन्न गरिएको इन्रुडेक बाँकेका कार्यकारी निर्देशक हिरालाल रानाले जानकारी गराएका छन।
परियोजनालाई परराष्ट्र मन्त्रालय जापान सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्धारा संचालन गरिएको छ । स्वास्थ्य सबलिकरण परियोजना मिति २०२३ मार्च देखी २०२६ फेब्रुवरी सम्म करीब ३६ महिनाको कार्यअबधि रहने र उक्त परियोजनाले बर्दिया जिल्लामा महिला तथा बालबालिकाहरुको पोषण अवस्थाका साथै खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा सकारात्मक योगदान दिने विश्वास लिइएको छ ।परियोजनाले समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको बताइएको छ। परियोजनाको कूल लागत ८ करोड भन्दा माथी रहेको छ ।