२१ असार २०८३, आईतवार

प्रदेशको आर्थिक समृद्धि नै पहिलो प्राथमिकता : मुख्यमन्त्री चौधरी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको आर्थिक समृद्धि रहेको बताएका छन।

नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उनले भने ।

मुख्यमन्त्री चौधरीले प्रदेशका १२ जिल्लाका हरेक गाउँमा हरेक नागरिकहरुले घरमा प्रदेश सरकारको अनुभुति गर्नेगरी आफुले प्रदेशको समृद्धिलाई प्राथमिकता राखेर काम गर्ने  प्रतिवद्ध रहेको उल्लेख गरेका छन।

जनतालाई आर्थिक रुपमा सक्षम गराउँदै प्रदेशको समृद्धिमा ध्यान दिने प्रतिवद्धता  समेत व्यक्त गरे । अबको विकास भनसुन र व्यक्तिका चाहनाभन्दा पनि आमनागरिकको आवश्यकताका आधारमा हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

भर्खर आफु मुख्यमन्त्री बनेको भन्दै उनले लुम्बिनी प्रदेशमा रहेका सवै दलहरुसँग सहकार्य गरेर प्रदेशको विकासका लागि लाग्ने बताएका छन। ‘प्रदेशको विकासका लागि सबै दलहरुसँग सल्लाह र सहकार्य गरेर अघि बढ्ने छु’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘सबैको सहकार्यबाट प्रदेशको समृद्धि हासिल गर्न सकिन्छ ।’

  • १८ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech