१२ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा चौधरीको पक्षमा प्रदेश सभाका बहुमत ५३ प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सरकारप्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउने गरी काम गर्ने मुख्यमन्त्रीले बताए ।

मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र प्रदेश सभाकाका एक स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । नेकपा (एमाले) ले मात्र उनको विपक्षमा मतदान गरेको थियो ।

अहिले मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्रीको रूपमा कार्यरत छन् ।

  • १९ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech