१८ बैशाख २०८१, मंगलवार

कोरोना भ्याक्सिनले नै ज्यान लिन थालेपछि तनाव
  • न्युज मानसराेवर

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाटै मानिसहरुको ज्यान जान थालेपछि तनाब बढेको छ । फाइजरको भ्याक्सिन लगाएर अहिलेसम्म नर्वेमा कम्तिमा २९ जनाको ज्यान गएको छ । पछिल्लो पटक नर्वेमा भ्याक्सिन लगाएका ६ जनाको ज्यान गएसँगै अहिलेसम्म नर्वेमा मात्र ज्यान गुमाउनेको संख्या २९ पुगेको हो ।

भ्याक्सिनका कारण धेरै जसो वृद्धवृद्धाको ज्यान गएको छ । उनीहरुको उमेर ७५ लेखि ८० वर्ष रहेको बताइएको छ । नर्वेमा करिब ४२ हजार जनालाई फाइजरको कमसेकम एक डोज भ्याक्सिन दिइएको छ । यो भ्याक्सिन वृद्धवृद्धासहित अन्य मानिसहरुलाई पनि खतरनाक मानिएको छ ।

नर्वे मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई एक लिखित जवाफ दिँदै शुक्रबारसम्म सिर्फ बाफइजर र बायो एनटेक एसईबाट उत्पादित भ्याक्सिन नेर्वेमा उपलब्ध भएको र सबै मृत्यु यही भ्याक्सिनबाटै भएको बताएको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech