९ बैशाख २०८२, मंगलवार

विषयगत शिक्षक माग गर्दै बैजनाथमा विद्यार्थी आन्दोलित
  • रामकृष्ण छिनाल

बैजनाथ \बैजनाथ गाउँपालिका वडा नं.३ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन ।

विगत ६ महिना देखी विषयगत शिक्षक नहुँदा उनीहरु आन्दोलित भएका हुन । विद्यार्थीहरुले तत्काल शिक्षक चाहियो का नारा लगाइरहेको न्यूज मानसरोबर संवादतादाले उल्लेख गरेका छन।

शिक्षक नियुक्तिमा चरम राजनितिक भएका कारण उक्त सरस्वती माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन । नेकपा एमाले निकट अनेरास्ववियुले उक्त विद्यालयमा शिक्षक नियुक्तीमा राजनितिक बन्द गर्न तथा तत्काल शिक्षक नियुक्ती गर्न माग गर्दै विद्यालय प्रशासनमा हिजो ७ गते ताला लगाएको थियो ।

विद्यालयमा नेपाली ,अग्रेजी, लेखापालको विज्ञापन गरिएतापनि ३ पटक सम्म उक्त परिक्षा हुन सकेको छैन ।यद्यपी बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शिक्षा शाखा प्रमुख विश्वराज ढकालको बुवाको मृत्यु भएका कारण परिक्षा लिन नसकिएको बताएका छन। शाहीले विद्यालयमा राजनिति हुनु दुखत भएको समेत बताएका छन।

विद्यालयमा यसरी विद्यार्थी नै आन्दोलित हुनु शिक्षकहरु बाट बाट ६ महिना भन्दा बढी अध्यापनबाट बालबालिकाहरु लाई बन्चित गराइनु दुःखत घटना भएको शिक्षा विद्हरुको भनाइ रहेको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech