७ बैशाख २०८२, आईतवार

गैर सरकारी संस्था महासंघ आन्दोलित
  • न्युज मानसराेवर

बाँके\गैर सरकारी संस्था महासंघले  काठमाडौ स्थित माइतीघर मन्डलामा आन्दोलन शुरु गरेको छ ।

नेपाल सरकारले सामाजिक संघ संस्था विरोधी निति लिएका कारण  उक्त सरकारको नीति  विरुद्ध गैरसरकारी महासघ आन्दोलित हुन बाध्य भएको गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकायाले भनेका छन।

उनले संघियता अनुरुप नेपालमा अझै पञ्चायती व्यवस्थामा बनेको गैर सरकारी संस्था दर्ता ऐनले धेरै समस्या रहेको उल्लेख गरेका छन।  सरकारले यस सम्बन्धमा छुटै ऐन निमार्ण गरिनु पर्ने तथा अनुदानमा आएका कार्यक्रमहरुमा भ्याट बन्द गर्नु पर्ने जस्ता आफुहरुको माग रहेको रोकायाले बताएका छन।

सरकारका नीतिहरुमा सहयोगि भूमिका खेल्ने गैररकारी संघ संस्था विरुद्धका सरकारी निति परिवर्तन नगरिए ७ प्रदेशका सबै जिल्लाहरुमा समेत गैर सरकारी आन्दोलित हुने समेत रोकायाले बताएका छन।

  • १२ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech