७ बैशाख २०८२, आईतवार

संयुक्त अनुगमन सम्पन्न
  • न्युज मानसराेवर

बर्दिया\प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि ग्रुपको साझेदारिमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत गेरुवा गाउँपालीका को समन्वयमा परियोजना मार्फत संचालन भएका सरस्वती आधारभुत बिधालय गेरुवा गाउँपालीका वडा नं ४ जोगिगाँउ र सरस्वती आधारभुत बिधालय गेरुवा ३ बनकट्टीमा गाउँपालीकाका जनप्रतिनिधि तथा बिषयगत शाखाका शाखा प्रमुख र सस्थाका कार्यसमिती पदाधिकारी एवम कर्मचारिहरुवाट संयुक्त रुपमा अनुगमन निरिक्षण सम्पन्न गरिएको छ ।

परियोजना मार्फत बिधालयमा भएका कृयाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धीका बिषयमा छलफल गरिएको थियो ।  अनुगमनका क्रममा बिधालयका प्राधानाध्यापक नारायण पौडेल बाट प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुपको साझेदारिमा बिधालय तहमा बिधालयको आचारसंहीता र बाल संरक्षण नीति निर्माण गरी यसका बारेमा अधिकांश शिक्षक बिद्यार्थीहरु बि.व्य.स र शि.अ.स सदस्यहरुलाई थाहा जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।

बिद्यालयमा बालबालिकाहरुको समस्या सुन्नकालागि फोकल शिक्षकको व्यवस्था गरी बिद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरि प्राप्त हुने गुनासोहरुलाइ सुनुवाई समिति मार्फत गुनासो अभिलेखिकरण गरि सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताए ।

सस्थाले निर्माण गरिरहेको वालमैत्री तथा लैगिक अपागंता मैत्री निर्माणधिन शौचालय र परियोजना बाट सहयोग भएको ब्यबसाय संचालन गर्नुभएको प्रतिमा चौधरी को खाजाघर अनुगमन निरिक्षण गरिएको छ ।

अनुगमनका क्रममा गेरुवा गाउँपालीका तर्फदेखि गाउँपालीका अध्यक्ष जमानसिंह केसी गाउँपालीका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री नवराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख श्री नारायण प्रसाद भण्डारी सस्थाको तर्फदेखि अध्यक्ष टेक बहादुर पुन ,कार्यकारणि निर्देशक डम्मर सुनार कार्यक्रम प्रबन्धक श्री बिर्खराज उपाध्याय प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्मा, स्वरोजगार संयोजक श्री कुलराज दहितको सहभागीता रहेको थियो ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech