१२ जेष्ठ २०८३, मंगलवार

कानूनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार सुरु
  • न्युज मानसराेवर

बाँके\ सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको छ ।

सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनीसहित तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुर ल्याइएको हो।  सिंहकोअहिले कोहलपुरमा उपचार सुरु भएको छ ।

चालक र पोएसओ को पनि सोही अस्पतालमा उपचार सुरु भइसकेको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री श्रीमती र भाउजूको मृत्यु भइसकेको छ ।

मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech